काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ नयाँ पार्टी खोल्ने अन्तिम चरणमा पुगेका छन् । सरकारले चार महिना कार्यकाल छँदै आफूलाई कार्यकारी निर्देशकबाट बर्खास्त गरेपछि घिसिङ देशव्यापी दौडाहामा लागेका थिए । लगत्तै उनी खाडी मुलुक पुगेका थिए ।
त्यहाँ रहेका श्रमिक नेपालीसँग कुलमानले आफू राजनीतिमा प्रवेश गर्न लागेको र नयाँ पार्टीको नामबारे छलफल चलाएका थिए । कुलमानलाई नेपालको विद्युत क्षेत्रमा उज्यालो नेपालका अभियन्ता मानिन्छ । माओवादी नेतृत्वको सरकारले कुलमानलाई नौ वर्षअघि उनलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो ।
उनकै पालामा नेपाल लोडसेडिङमुक्त भएको थियो । लोडसेडिङको तालिका निस्कन छाडेको थियो । त्यसैले कुलमानलाई नयाँ पार्टीको नाम ‘उज्यालो नेपाल अभियान’ राख्न दबाब परेको छ । स्रोतका अनुसार कुलमान पनि नयाँ पार्टीको नाम ‘उज्यालो नेपाल अभियान’ राख्ने निष्कर्षमा पुगेका छन् । २०८४ को निर्वाचनलाई मध्यनजर गर्दै कुलमान राजनीतिमा होमिन लागेका हुन् ।
उनलाई अहिले माओवादीले रुपन्देही ३ मा उपनिर्वाचनमा उठ्न दबाब दिइरहेको छ । तर उनले एक सांसद मात्र महत्वपूर्ण नभएको भन्दै अस्वीकार गरेका छन् ।
प्रतिक्रिया