काठमाडौं । भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले बिहीबार दिउँसो पत्रकार सम्मलेन गर्दै छन्। ३२ लाख रुपैयाँ घुस बुझेको दाबी गरिएको अडिओ कुराकानी सार्वजनिक भएपछि उनले दिउँसो ३ बजे मन्त्रालयमै पत्रकार सम्मेलन गरेर आरोपको प्रतिवाद र खण्डन गर्न लागेका हुन् ।
सार्वजनिक अडिओ कुराकानीमा मन्त्री अधिकारीले पोखराको बाटुलेचौरस्थित १३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर हडप्न ३२ लाख रुपैयाँ घुस बुझेको बिचौलियाले दाबी गरेका छन् । एमाले नेता खेमबहादुर पुनलाई भूमि आयोग, कास्कीको अध्यक्ष नियुक्त गर्ने र मालपोत कार्यालय, कास्कीका प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्ने भूमाफियाको योजनाअन्तर्गत भएको कुराकानी अडियोमा छ।
जसमा मन्त्री अधिकारीका छोरा पनि मुछिएका छन् । आफ्नै पार्टी र सत्ता साझेदार कांग्रेसले समेत पदबाट राजीनामा मागेपछि मन्त्री अधिकारी नैतिक संकटमा परेका छन् । स्रोतका अनुसार अधिकारीले आजै राजीनामाको घोषणा पनि गर्नसक्ने सम्भावना प्रबल छ ।
प्रतिक्रिया