काठमाडौं । सत्ता नेतृत्व दल एमालेको एमाले केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको छ । । बैठकमा प्रधानमन्त्री केपी ओलीसहित पार्टीका पदाधिकारी सहभागी छन् ।
आजको बैठकले पार्टी विधानबाट वरिष्ठ उपाध्यक्ष पद हटाउने र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई जिम्मेवारी तोक्ने नेताहरूको भनाइ छ । एमालेमा हाल ६ जना उपाध्यक्ष रहेकामा वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने बुझिएको छ ।

यस्तै, पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी जिम्मेवारी दिनेबारे पनि छलफल हुने बताइएको छ । भण्डारीले एमालेको सदस्यता नवीकरण गरिसकेकी छन् । उनले आफूलाई पार्टीले जिम्मेवारी दिने अपेक्षा गरेकी छन् ।

प्रतिक्रिया