आयोगलाई सर्वोच्चको ताकेता: विदेशी भूमिमा पसिना बगाएका नेपालीले अब भोट हाल्ने


messenger sharing button

काठमाडौं – सर्वोच्च अदालतले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगलाई ताकेता गरेको छ।

सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले १ साउनमा आयोगलाई ताकेता आदेश जारी गर्दै, विदेशमा रहेका नेपालीहरूको वास्तविक विवरण संकलन गर्न दर्ता प्रक्रिया सुरु गर्न निर्देशन दिएको हो।

अदालतले यसअघि २०७४ चैत ७ गतेको आदेशमा विदेशस्थित नेपाली नागरिकले आफ्नो मतदान अधिकार प्रयोग गर्न सक्ने पूर्वाधार तयार गर्न भनिएको थियो। तर, सो आदेश कार्यान्वयन नभएको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले निवेदन दिएका थिए।

निर्देशनमा भनिएको छ, “विदेशमा रहेका नागरिकहरूले मतदानमा भाग लिन सक्ने अवस्थाको सिर्जना गरियोस्, र दर्ता प्रक्रिया अविलम्ब सुरु गरी आउँदो निर्वाचनसम्म वातावरण सुनिश्चित गरियोस्।”