रास्वपाको उम्मेदवार बन्न चारित्रिक प्रमाणपत्र अनिवार्य


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार हुन प्रहरीको चारित्रिक प्रमाणपत्र अनिवार्य गरेको छ । रूपन्देही–३ को उपचुनावको सन्दर्भमा रास्वपाले उम्मेदवार छनोटसम्बन्धी कार्यविधि तयार पार्दै प्रहरी रिपोर्ट अनिवार्य गरेको हो । जसमा असल चालचलन रहेको हुनुपर्ने रास्वपाले बताएको छ ।

भ्रष्टाचार, जबरजस्ती करणी, मावन बेचबिखन तथा ओसारपसार, लागुऔषध कारोबार, निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरण, हत्या वा नैतिक पतन देखिने गम्भीर कसुरमा सजाय नपाएको, अन्य फौजदारी कसुरमा सजाय भुक्तान गरेको भए पनि अवधि सकिएको कम्तीमा एक वर्ष पूरा भएको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

पार्टी केन्द्रीय समितिमा रहेका अधिकांश नेता विभिन्न काण्डमा मुछिएर बदनाम भएपछि रास्वपाले यस्तो निर्णय गरेको हो । पार्टीका अध्यक्ष रवि लामिछाने सहकारी ठगी आरोपमा हाल भैरहवा कारागारमा छन् ।