‘परिवार’को छायांकन सुरु



फिल्म ‘परिवार’को छायांकन सुरु भएको छ । फिल्मको आज शुभसाइत गर्दै निर्माणपक्षले आजबाट छायांकन सुरु भएको जानकारी दिएको हो ।

मदन थापाको निर्देशन रहने यो फिल्मको अधिकांश दृश्यको छायांकन काठमाडौंमा हुनेछ । केही दृश्यको छायांकन काठमाडौं बाहिर पनि गर्ने तयारी यसको निर्माणपक्षको छ ।

यो फिल्मले परिवारको द्धन्द्धको कथा भन्छ । फिल्मको पोस्टरमा पनि ‘परि र वार’ लाई छुट्याइएको छ ।

फिल्मको निर्माणपक्षले कलाकारको बारेमा भने केही पनि बोलेको छैन । फिल्ममा किरण रिजाल, रमेश शाही, भिसाका बिक्रम थापा, स्प्रान्जा कँडेल निर्माता छन् । सन्तोष अधिकारी फिल्मका सह–निर्माता हुन् ।

प्रेम थापा र गणेश उपाध्यायले लेखेको फिल्मको कथामा निरज कँडेलको डीओपी छ । रे अफ आर्टको प्रस्तुति रहने फिल्ममा भिसा आई फिल्मस् र शाही फिल्मस्को सहकार्य रहनेछ ।