प्रियंकाले किन काटिन् केक ?



नायिका प्रियंका कार्कीले डान्स गर्दै केक काटेपछि चर्चा भएको छ । आखिर, नायिकाले किन केक काटेकी होलिन् भन्ने प्रश्न पनि उब्जिन्छ ।

प्रियंकाको सामाजिक संजाल इन्स्टाग्राममा २० लाख फलोअर्स पुगेका छन् । यही खुशीयालीमा उनले हिमालय रोडिजको टिमसँग केक काटेकी हुन् ।

नायिका प्रियंका कार्की फिल्म, म्युजिक भिडियो र रियालिटी शोमा व्यस्त छन् । अझ, प्रियंकाको व्यस्तता सामाजिक संजाल र म्युजिक भिडियोमा बढी देखिन्छ ।

हिमालय रोडिजको टिमसँग प्रियंकाले गरेको डान्स पनि सामाजिक संजालमा चर्चामा छ । नायिका कार्कीले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट थुप्रै प्रोडक्टको विज्ञापन पनि गर्दै आएकी छिन् । जसबाट उनले राम्रो रकम पनि कमाउँदै आएकी छिन् ।

प्रियंका इन्स्टामा दैनिक केही न केही भिडियो अपलोड गर्दै आइरहेकी छिन् । यसैले, उनलाई पछ्याउनेहरुको संख्या ह्वात्तै बढेको हो ।