फिल्म ‘रियाल रिङ्गेट’को ट्रेलर रिलिज गरिएको छ । युट्युबबाट सार्वजनिक गरिएको फिल्ममको ट्रेलर मर्मस्पर्शी छ । यसले विदेश गएका यूवाहरुको कथालाई प्रस्तुत गरेको छ ।
ट्रेलरमा समावेश केही दृश्यहरुले मन छुन्छ । सार्वजनिक ट्रेलरमा वैदेशिक रोजगारीका लागि विदेश पुगेका यूवाहरु आतंकबादीको सामूहिक घेराबन्दीमा परेको र फिल्मका मुख्य नायक प्रमोद चौलागाँइले कब्जामै रहेको समयमा नेपालमा पठाएको भिडियो सन्देशले मन छुन्छ ।
विभोर पोखरेलको निर्देशनमा तयार भएको यो फिल्ममा प्रमोद चौलागाँई, नीता ढुंगाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रोशन श्रेष्ठ, रियर राई, इश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरुको अभिनय छ । प्रदीप भारद्धाजको लेखन रहेको फिल्ममा रोशन श्रेष्ठको एक्सन, हरि घलेको छायांकन, विपिन मल्लको सम्पादन, राजीव समरको कोरियोग्राफी छ ।
यो फिल्मको छायांकन भारतको राजस्थान, नेपालको चितवन, काठमाडौं र लेटाङमा गरिएको छ । यो फिल्म साउनको १६ गतेबाट रिलिजमा आउदैछ ।
प्रतिक्रिया