नयाँ नयाँ नेपाली फिल्म निर्माण हुने क्रममा अब ‘किस्ने कहाँ छ ?’ नामक फिल्म पनि बन्ने भएको छ । यो फिल्मको एक थीम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । राजेन्द्र बस्नेतको निर्देशनमा यो फिल्म बन्नेछ । कमेडी जनरामा फिल्म तयार पार्ने जानकारी निर्माणपक्षले गराएको छ ।
फिल्मको निर्माणपक्षले थिम पोस्टर पनि सार्वजनिक गरेको छ । जहाँ, एउटा गाडीलाई हिलो बाटोमा रोकेर गाडीका ड्राइभर बाटोमा काम गर्दै गरेको मान्छेसँग कुरा गर्दै गरेको देख्न सकिन्छ । फिल्मको कथा, पटकथा तथा संवाद विनय राज पौडेलले तयार पारेका हुन् ।
ग्रीन प्यारोट्स फिल्म प्रोडक्सनको व्यानरमा निर्माण हुने यो फिल्ममा हेमन्त बस्नेतको लगानी रहनेछ । इश्वर वल्लव उप्रेती फिल्मका कार्यकारी निर्माता हुन् । फिल्मका कलाकारहरुको टुंगो अझै लागेको छैन । यो फिल्मले नेपाली समाजको गहिरो चित्रण गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया