ललितपुरका पूर्वमेयर बुद्धिराज बज्राचार्यको निधन


काठमाडौं – ललितपुर महानगरपालिका पूर्व मेयर बुद्धिराज बज्राचार्यको निधन भएको छ । उनको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

बज्रचार्य २०५४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट ललितपुर उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए ।
ललितपुरको कला संस्कृति र पुर्वाधार विकासमा योगदान गरेका बज्राचार्य २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा पर्यटनमन्त्री भएका थिए । वामपन्थी राजनीति त्यागेर राजसंस्थाको विचार अंगालेपछि उनको आलोचना भएको थियो ।

२०२७ सालमा नगर पन्चायतको वडाध्यक्ष भएर राजनीति र समाजसेवामा लागेका बज्राचार्य २०३२ सालमै ललितपुर नगर पञ्चायतको प्रधानपञ्च निर्वाचित भएका थिए । ललितपुर महानगरमा उनको बलियो प्रभाव मानिन्थ्यो । ललितपुर महानगरले आइतबार अत्यावश्यक सेवा सञ्चालन हुने गरी शोक बिदा दिएको छ ।