गुगल म्यापमा धरहराको नाम परिवर्तन गरेर कसले राख्यो सेतो टावर ?


काठमाडौँ । केही वर्षअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले धरहरालाई सेतो टावर भनेर सम्बोधन गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीले धरहराबारे धेरै बखान गरेपछि बालेनले कडा टिप्पणी गरेका थिए । आइतबार बिहानदेखि गुगल म्यापमा धरहराको नाम परिवर्तन भएको छ ।

अहिले गुगल सर्च वा गुगल म्यापमा धरहरा टाइप गर्दा लोकेसनमा सेतो टावर लेखिएको देख्न सकिन्छ । यो कसले र किन गरियो भन्ने विषयमा खुल्न सकेको छैन । अहिले सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले धरहराको मौलिक नाम हराएको विषयलाई लिएर विभिन्न पोस्टहरू गरिरहेका छन् । गुगल म्यापमा लोकेसनको नाम परिवर्तन वा सम्पादन जोकोहीले पनि गर्न पाउँछन् । यसैलै पनि यस्ता घटनाहरू भइरहेका छन् ।