प्रधानमन्त्री ओली पनि पुगे च्यासल, पूर्वराष्ट्रपति भण्डारीसँग छलफल हुँदै


काठमाडौं । प्रधानमन्त्री केपी ओली एमाले कार्यालय च्यासल पुगेका छन् । आफूसँग छलफल गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले कार्यालय पुगेलगत्तै ओली पनि पार्टी कार्यालय पुगेका हुन् । प्रधानमन्त्री ओलीभन्दा पहिले एमाले पार्टी कार्यालय पुगेकी भण्डारीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलसँग छलफल गरेकी थिइन् ।

ओली र भण्डारीबीच दिउँसो ३ बजे छलफल हुने कार्यतालिका भए पनि एक घन्टा ढिला गरी ४ बजेपछि भेटवार्ता हुन लागेको हो । भण्डारीले गरेको सक्रिय राजनीतिको घोषणा र पार्टीका लगातार बैठकपछि हुन लागेको उनीहरूबीचको भेटवार्तालाई चासोका साथ हेरिएको छ । एमालेले भण्डारीको सदस्यता नवीकरण होल्डमा राखेपछि ओली र भण्डारीबीच भेटवार्ता हुन लागेको हो ।