गायक तथा नायक प्रकाश सपुतले यो वर्ष तीज गीत सार्वजनिक गर्ने भएका छन् । उनले, सार्वजनिक गर्न लागेको तीज गीतको नाम ‘नाइँ भनेसी नाइँ’ राखिएको छ ।
निरन्तर फिल्ममा काम गर्न थालेपछि सपुतले बजारमा नयाँ गीत सार्वजनिक गर्न सकेका थिएनन् । तर, अब उनले जरा नै आफ्नो गीतसंगीत भएको भन्दै श्रृजनामा फर्किएको उल्लेख गरेका छन् ।
यो गीतलाई ‘बदला बरिलै २’ पनि भनिएको छ । गीतमा प्रकाश सपुतको साथमा समीक्षा अधिकारी र एलिना चौहानको स्वर छ । गीतको भिडियोको बारेमा सपुतले केही पनि बताएका छैनन् ।
निरन्तर फिल्ममा काम गर्न थालेपछि गायक तथा नायक प्रकाश सपुतले गीतसंगीतको सिर्जना गर्न पाइरहेका छैनन् । गतबर्ष उनले नै निर्देशन गरेको फिल्म ‘बसन्त’ पनि बक्स अफिसमा चलेन ।
सपुतले लेखेका छन्–‘प्रिय प्रकाश, गीतसंगीत नै तिम्रो जरा हो र यस मार्फत कथा भन्नु तिम्रो विशेषता । हाँगा फैलिनु राम्रो हो तर जरासँग् जोडिनुपर्छ र विशेषतलाई छोड्नुहुन्न है । धेरै शुभेच्छुकहरुको यो सुझावलाई मनन गर्दै यसपाली तीजमा ‘नाइँ भनेसी नाइँ’ मार्फत एउटा आवाज लिएर आउँदैछौं ।’
प्रतिक्रिया