काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टी कार्यालय च्यासल पुगेकी छन् । शीतल निवासमा सात वर्ष बसेर निस्किएपछि भण्डारी पहिलोपल्ट आइतबार एमाले कार्यालय पुगेकी हुन् ।
पार्टी कार्यालय च्यासलमा भण्डारीलाई एमाले नेता कार्यकर्ताले स्वागत गरेका थिए । एमालेमा सक्रिय राजनीति गर्न पार्टी सदस्यता नवीकरण गरेकी भण्डारीको एमाले पोलिटब्युरो बैठकले ‘होल्ड’ मा राखेपछि पार्टी अध्यक्ष केपी ओलीसँग भेटवार्ता गर्न च्यासल पुगेकी हुन् ।
प्रतिक्रिया