दुई दिनमै ब्लकबस्टर बन्यो ‘सैयारा’



बलिउड फिल्म ‘सैयारा’ दुई दिनमै ब्लकबस्टर बनेको छ । यो फिल्मले दुई दिनमै बक्स अफिसमा ४८.२५ करोडको व्यापार गरेको छ । भारतीय बक्स अफिसमा यो कमाइलाई फिल्मी पण्डितहरुले ब्लकबस्टर भनेका छन् ।

फिल्मले शुक्रबार २२ करोडको ओपनिङ गरेको थियो । फिल्मले शनिबार २६.२५ करोडको कमाई गर्यो । दुई दिनमै फिल्मले ४८ करोड कमाउँदै गर्दा सय करोडको आँकडा पहिलो सातामा नै पार गर्ने निश्चित देखिएको छ ।

बलिउडका पण्डितहरुले यो फिल्मको कमाइलाई आश्चर्यमा पार्ने नतिजाको रुपमा हेरेका छन् । मोहित सुरीको निर्देशनमा तयार भएको यो फिल्मले समीक्षक र दर्शकबाट निकै नै राम्रो प्रतिक्रिया पाएको छ ।

आहान पाण्डे र अनित पड्डाको मुख्य भूमिका रहेको यो फिल्मले २ सय करोड माथिको आँकडा भारतीय बक्स अफिसमा पार गर्ने प्रक्षेपण गरिएको छ । फिल्मबाट आहान र अनित सुपरस्टारको रुपमा जन्मिएको टिप्पणी धेरैले गरेका छन् ।