काठमाडौं । ७८ लाख घुस डिल प्रकरणमा मुछिएपछि राजीनामा दिएका पूर्वसामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ । घुस लेनदेन गरेको अडियोसहित परेको उजुरीउपर विस्तृत छानबिनका क्रममा गुप्तालाई बोलाइएको हो ।
अडियो प्रकरणमा अख्तियारले गुप्ताको भ्वाइस टेस्ट गर्न मंगलबारका लागि बोलाएको स्रोतले बतायो । गुप्ताले अडियोमा भएको संवाद आफ्नो नभएको दाबी गर्दै आएका छन् । उनले एआईको दुरुपयोग गरेर आफूलाई फसाएको बताएका छन् । भूमिसुधार तथा मालपोत कार्यालय पोखराको प्रमुखको सरुवा थमौती र भूमि आयोग कास्कीमा अध्यक्ष नियुक्तिका लागि घुस लेनदेन गरेको अडियो सार्वजनिक भएको थियो ।
अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी ओलीको निर्देशनमा गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए । प्रधानमन्त्री ओलीसँगको भेटमा गुप्ताले बिचौलियाले पैसाको पोको आफ्नो क्वार्टरमा छाडेर गएको दाबी गरेका थिए ।














प्रतिक्रिया