काठमाडौं । एमालेमा ७० वर्षे प्रावधान हटाउने कि नहटाउने भन्ने बहस जारी छ । एमाले अध्यक्ष केपी ओलीले पोलिटब्युरो बैठकमा यदि ७० वर्षे उमेरहद हटाउने हो भने जेलमा रहेको अवधि पनि घटाउनुपर्छ भनेका थिए । जसलाई लिएर अहिले विभिन्न क्षेज्ञबाट टीकाटिप्पणी आउने क्रम जारी छ ।
ओलीको सो भनाइपति कटाक्ष गर्दै एमालेका पूर्वनेता भीम रावलले कटाक्ष गरेका छन् । रावलले त्यसो भए बाल्यकाल र काम नगरी सुतेको समय समेत घटाउन सुझाव दिए । साथै, उनले सामाजिक सञ्जालमार्फत आजै बस्ने केन्द्रीय कमिटीको बैठकबाट अधिकार सम्पन्न कार्यदल गठन गर्ने कि भन्दै व्यंग्यात्मक प्रश्नसमेत गरेका छन् ।
‘एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भए छ,’ उनले भनेका छन्, ‘केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनुअघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन आजै बस्ने केन्द्रीय कमिटीको बैठकबाट अधिकार सम्पन्न कार्यदल गठन गर्ने कि ?’
प्रतिक्रिया