नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा पुस्तकालय निर्माण गरेकोमा महामन्त्री गगन थापालाई धन्यवाद दिएका छन्।
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीको नेतृत्वमा सोमबार आयोजित कार्यक्रममा देउवाले भने,
“गगन थापाजीले पुस्तकालयको व्यवस्था गरेर ठूलो काम गर्नुभएको छ।”
“मैले त तल राखौं भनेको थिएँ, उहाँले माथि राख्नुभयो। तर कांग्रेसीहरू त पढ्दै पढ्दैनन् भन्छन्, फेरि माथि को जान्छ पढ्न भनेर पनि भनिन्छ।”
देउवाले पुस्तकालयमा राम्रा किताबहरू भएको उल्लेख गर्दै पार्टी नीति र सिद्धान्त बुझाउन पुस्तकालय उपयोगी हुने बताएका छन्।
यस अवसरमा पुस्तकालय निर्माणमा सहयोग गर्नेहरूलाई सम्मान पनि गरिएको थियो।
प्रतिक्रिया