गतबर्ष रिलिजमा आएर दर्शकको राम्रो साथ पाएको फिल्म ‘होस्टेल ३’को टिमले ‘होस्टेल अगेन’ बनाउने भएको छ ।
यो फिल्मको टिमले ‘बाउ भर्सेस छोरा’ निर्माणको घोषणा गरिसकेको थियो । तर, कलाकारहरुको व्यस्तताका कारण यो फिल्मलाई अर्को वर्ष पोष्टपोन्ड गर्दै ‘होस्टेल अगेन’ बनाउन लागिएको हो । यसको निर्माणपक्षले आज एउटा थिम पोस्टर पनि सार्वजनिक गरिएको छ ।
पोस्टरमा रगतले लतपतिएको चक्कुले गुलाबको फूललाई थिचेको देखाइएको छ । यसको अर्थ, फिल्मले थ्रिलर र सस्पेन्स कथा भन्ने वुझ्न सकिन्छ । यो फिल्मले ‘होस्टेल’ ब्रान्ड अन्तरगतकै नयाँ कथा भन्न खोजेको देखिएको छ ।
फिल्मलाई सशान कँडेलले निर्देशन गर्दैछन् । फिल्ममा माधव शर्माको कथा रहनेछ । सम्मान इन्टरटेन्मेन्ट र आरोन कन फिल्मस् एवं कार्यकारी निर्माता शंकर कोइरालाले नै यो फिल्मको निर्माण गर्नेछन् । यो फिल्मको छायांकन चाँडै नै सुरु गर्ने जानकारी दिएको छ ।
प्रतिक्रिया