नायिका रेखा थापाले नाटकपछि म्युजिक भिडियोमा काम गरेकी छिन् । २५ वर्ष लामो फिल्मी करिअरमा रेखाले म्युजिक भिडियोमा काम गरेकी छैनन् ।
तर, अब भने उनी गायक प्रकाश सपुतको नयाँ तीज गीत ‘नाइँ भनेसी नाइँः बदला बरिलै २’ मा देखिदैछिन् । गीतको भिडियोमा रेखाले त्रिशुल बोकेकी छिन् । यो गीतमा गायिकाद्धय समीक्षा अधिकारी र एलिना चौहानको स्वर छ । गीत साउनको १६ गते सार्वजनिक हुँदैछ । गीतमा प्रकाश सपुतको शब्द तथा संगीत छ ।
गीतको भिडियोमा प्रकाशको कन्सेप्ट निर्देशन, सुनिल बीकको सह–निर्देशन छ ।
गीत सार्वजनिक नहुँदै प्रतिक्षामा छ । गीतको भिडियोमा रेखालाई कसरी प्रस्तुत गरिएको छ भन्ने प्रतिक्षा दर्शकलाई हुने निश्चित छ ।
गायक सपुतले पनि रेखा थापासँग काम गर्न आफूलाई लामो समयदेखि मन लागेको भन्दै यसपटक पुरा भएको बताएका छन् । प्रकाशको यो गीतमा काम गर्न रेखा थापा कसरी तयार भइन् भन्ने कुरा दर्शकका लागि विशेष हुनेछ ।














प्रतिक्रिया