नायिका सिम्रन पन्तले करिअरको दोस्रो फिल्म साइन गरेकी छिन् । ‘होस्टेल ३’बाट उदाएकी सिम्रन अब नायक पल शाहको जोडी बन्न तयार भएकी हुन् ।
उनले, चन्द्र पन्तको निर्देशनमा बन्न लागेको फिल्म ‘आ बाट आमा’मा काम गर्ने पक्का भएको छ । फिल्मका निर्देशक, निर्माता र सिम्रनबिच कागजी संझौता भएको छ ।
यो फिल्ममा नायिका विपना थापा, नायक पल शाह र भारतीय कलाकार प्रदीप रावत फाइनल भइसकेका छन् । पल र सिम्रनले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् ।
यो फिल्ममा पलकी आमाको भूमिकामा नायिका विपना थापाले काम गर्ने पक्का भइसकेको छ । विपनाले बेलायत पुगेर केही दृश्यको छायांकन समेत सकेकी छिन् ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको छायांकन भदौबाट सुरु हुनेछ । अन्य कलाकारहरुको टुंगो पनि केही समयमा लगाउने तयारी निर्माणपक्षको छ । यो फिल्मलाई फागुनको १५ गतेबाट रिलिज गर्ने घोषणा गरिएको छ ।
प्रतिक्रिया