नायक जीवन लुइटेलले अभिनयमा कमब्याक गरेको नाटक ‘शिरिषको फूल’ मञ्चन हुन अब २ दिन मात्र बाँकी छ । बिहिबारबाट यो नाटकको मञ्चन कान्तिपुर थिएटरमा हुँदैछ । हाल कलाकारहरु धमाधम वर्कशपमा व्यस्त छन् ।
वर्कशप भइरहेको समयमा यो नाटकको टिमले कलाकारहरुको लुक्स सार्वजनिक गरेको छ । यो नाटकमा नायक जीवन लुइटेल, नायिका सनिषा भट्टराई र कलाकार राज न्यौपानेले अभिनय गर्दैछन् । जीवनले सुयोगवीर, सनिषाले सकम्बरी र राजले शिवराज नामक पात्रको भूमिकामा काम गर्दैछन् ।
साहित्यकार पारिजातको चर्चित उपन्यास ‘शिरिषको फूल’मा आधारित रहेर तयार पारिएको यो नाटकलाई पत्रिका घिमिरेले निर्देशन गर्दैछिन् । साउन महिनाभर प्रत्येक दिन बेलुकी ५ः३० मा यो नाटक मञ्चन हुनेछ ।
नाटकलाई लिएर जीवन उत्साहित छन् । अहिले आफ्नो आत्मामा नै यो नाटक रहेको उनले बताउँदै आएका छन् । सनिषाको लुक्स पनि लोभलाग्दो छ । उनी, सकम्बरी देखिएकी छिन् । यसले, नाटकप्रतिको कौतुहलता र उत्सुकता अझै बढाउने देखिन्छ ।
प्रतिक्रिया