गतबर्ष रिलिजमा आएको फिल्म ‘होस्टेल ३’ले केही कलाकारहरुलाई जन्म दियो । नायक, नायिकादेखि हाँस्य कलाकारहरु यो फिल्मबाट उदाए ।
फिल्मबाट उदाएका मध्ये रिहान गिरी, पदम तामाङ सर्वाधिक व्यस्त छन् । उनीहरु, एकपछि अर्को फिल्ममा अनुवन्धित भइरहेका छन् ।
अब, यो फिल्मकी नायिका सिम्रन पन्तले पनि दोस्रो फिल्म साइन गरेकी छिन् । सिम्रनले फिल्म ‘आ बाट आमा’ साइन गरेकी हुन् ।
सिम्रनले पनि फिल्म साइन गरिसक्दा यसका मुख्य नायक कुल व्वाई भने कता छन् ? उनले नयाँ फिल्म किन साइन नगरेका होलान् भन्ने प्रश्न उनका फ्यानहरुमा छ ।
कुल व्वाई सामाजिक संजालमा व्यस्त छन् । टिकटकबाट उदाएकी पारस बम ठकुरी अहिले पनि टिकटक लाइभदेखि आफ्ना कुरा राख्नमा व्यस्त देखिन्छन् । उनले, नयाँ फिल्ममा काम गर्न लागेको खबर सार्वजनिक भएपनि अहिलेसम्म साइन गरेको खबर भने छैन ।
पारसले राम्रो कथाको खोजी गरिररहेको र त्यसकै प्रतिक्षामा रहेको वुझिएको छ । तर, धमाधम फिल्म बनिरहेको समयमा पारसलाई फिल्म साइन गर्न किन गाह्रो भयो होला कुन्नी ?
प्रतिक्रिया