काठमाडौं – प्रहरीले ठमेलस्थित ज्याठाबाट दुई किलो सुनसहित दुईजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६ वर्षीय छुनलुङ थान र ३४ वर्षीया सुमेइ चोउ छन्।
ज्याठाको एक होटलबाट पक्राउ परेका उनीहरू प्रेमी–प्रेमिका रहेको प्रहरीले जनाएको छ। ज्याठाको होटलमा सुनसहित चिनियाँ नागरिकहरू रहेको गोप्य सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सर्च अपरेसन चलाएको थियो।
होटलमा प्रहरीले छापा हान्ने क्रममा उनीहरूको साथबाट सुनसहित नगद २४ लाख पनि बरामद भएको प्रहरीले जनायो। प्रहरीका अनुसार उनीहरूले सुन कसरी नेपाल भित्र्याए भन्ने बोल्न मानेका छैनन्।
मंगलबार बिहान बरामद गरिएको सुनको परीक्षणसमेत गरिसकेको छ। परीक्षणबाट सुन पुष्टिसमेत भइसकेको प्रहरीले जनाएको छ। चिनियाँ पुरूष डेढ महिनाअघि नै काठमाडौं आएका थिए। उनकी प्रेमिका भने केही दिनअघि मात्रै काठमाडौं आएको खुलेको छ।
प्रतिक्रिया