काठमाडौं – झन्डै एक वर्षपछि सेयर बजार उच्च विन्दुमा पुगेको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८१ अंकले बढेर २९७४.५० विन्दुमा कायम भएको छ ।
आज २३६ कम्पनीको सेयर मूल्य बढ्दा मात्र १४ कम्पनीको मूल्य घटेको छ । चार करोड ३५ लाख बराबरको सेयर किनबेच हुँदा २० अर्ब ८५ लाख बराबरको कारोबार भएको छ ।
मौद्रिक नीति सार्वजनिक भएयता दोस्रोपटक नेप्से उच्च विन्दुमा बढेको हो । कारोबार रकम पनि दोस्रो धेरै हो ।
आज पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । ट्रेड टावरको सेयरमा १० प्रतिशत, शिवम सिमेन्ट, सान्भी इनर्जी, उन्नति सहकार्य लघुवित्त र विन्ध्यवासिनी हाइड्रको सेयर ९ प्रतिशतले बढेको छ । नेपाल रिइन्स्योरेन्स, शिवम सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर कम्पनी र न्याग्दी ग्रुपले उच्च कमाइ गरेका छन् ।
प्रतिक्रिया