हर्कले कुलंघार भन्दै जग्गा फिर्ता गर्न स्वास्थ्य मन्त्रालयलाई लेखे पत्र


काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै नगरपालिकाको जग्गा फिर्ता गरिदिन आग्रह गरेका छन् ।

उनले उपमहानगरले आफ्नै अस्पताल बनाउन चाहेको उल्लेख गर्दै नगरपालिकाको जग्गा बिपी अस्पताललाई दिएको भन्दै फिर्ता गरिदिन आग्रह गरेका छन् । बुधबार उनले नगरपालिकाको जग्गा कुन चाहिँ कुलंघारले दलालीमा लागेर बिपी अस्पताललाई दिएछ भन्दै स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेका हुन् ।

एउटा मेयर जस्तो पदमा आसीन व्यक्तिले संघीय मन्त्रालयलाई अशिष्ट शब्द प्रयोग गरेर लेखेको पत्रबारे अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा परिचर्चा भइरहेको छ । हर्कले मेयरको गरिमा राख्न नसकेको भन्दै केहीले उनको आलोचना गरिरहेका छन् । केहीले भने मेयरले लेखेको पत्र भन्दै मजाक उडाउँदै आएका छन् ।