काठमाडौं l पूर्व उपप्रधानमन्त्री तथा वरिष्ठ राजनीतिज्ञ नारायणकाजी श्रेष्ठ दुई साताको संयुक्त राज्य अमेरिका भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्।

श्रेष्ठले भ्रमणका क्रममा क्यालिफोर्निया (लस एन्जेल्स, सान फ्रान्सिस्को), यूटा, सिकागो, टेक्सास, बोस्टन, वासिङ्टन डिसी, भर्जिनिया, बाल्टिमोर (मेरिल्यान्ड), कनेक्टिकट र न्यूयोर्क लगायतका शहरहरूमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गरेका थिए।
संयुक्त राज्य अमेरिकामा बसेर सक्रिय विभिन्न संघ–संस्था, गैरआवासीय नेपाली संघ (एनआरएनए), बुद्धिजीवी, प्राध्यापक, इन्जिनियर, चिकित्सक, व्यवसायी लगायतका व्यक्तिहरूसँग भेटघाट गर्दै श्रेष्ठले नेपालको समसामयिक राजनीतिक, सामाजिक तथा आर्थिक विषयहरूमा छलफल गरेका थिए।

कार्यक्रमहरूमा सहभागी हुँदै श्रेष्ठले प्रवासी नेपालीहरूबाट प्राप्त विचार, सुझाव र समर्थनप्रति आभार व्यक्त गरेका थिए। उनले शुभकामना आदान–प्रदान गर्दै प्रवासी नेपालीहरूको सक्रियता, योगदान र नेपालप्रतिको चासोप्रति उच्च सम्मान व्यक्त गरे।
श्रेष्ठको भ्रमणले नेपालप्रति प्रवासी नेपाली समुदायको अभिरुचि, सहयोग र सहभागिता अझ सुदृढ हुने विश्वास गरिएको छ।















प्रतिक्रिया