‘गुन्यु चोलो’को गीतले दर्शकको साथ पाएपछि दंग छन् नाजिर



नायक नाजिर हुसेन भदौको १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘गुन्यु चोलोः द ड्रेस’को गीतले चर्चा पाएपछि दंग छन् । ‘म फूल हुँ कि काँडा’ बोलको गीतले दर्शकको साथ पाएको छ । जहाँ, नायक नाजिर हुसेनको कामको तारिफ भइरहेको छ ।

नाजिरले बल्ल काम देखाउने अवसर पाएको प्रतिक्रिया धेरैको छ । नाजिरलाई दर्शकहरुले महान् अभिनेता समेत भनेका छन् ।

उनलाई विवादबाट टाढा रहन पनि दर्शकहरुले सुझाव दिएका छन् । यो फिल्ममा नाजिरले तेस्रो लिङ्गीको भूमिकामा अभिनय गरेका छन् । गीत हेर्दा कतै पनि नाजिरलाई हेरेको महशुश नभएको प्रतिक्रिया दर्शकको छ ।

समुन्द्र भट्टको निर्देशनमा तयार भएको यो फिल्म नाजिरका लागि विशेष छ । लेखु सहयात्रीको शब्द तथा संगीतमा तयार भएको यो गीतमा मनिषा पोखरेलको स्वर छ । यो फिल्मले लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथा भन्छ ।