थाइल्याण्ड र कम्बोडियाको सीमा क्षेत्रमा गोलाबारी, पाँचजनाको मृत्यु


काठमाडौं । थाइल्याण्ड र कम्बोडियाको सीमा क्षेत्रमा गोली हानाहान हुँदा पाँचजनाको मृत्यु भएको छ।

कम्बोडियाबाट गोली प्रहार भएपछि थाई सेनाले पनि कम्बोडियाको भूमिमा हवाई आक्रमण गरेको जनाइएको छ। हालसम्म कम्बोडियाले थाई गाउँको बीचमा दुईवटा २१ रकेट प्रहार गर्दा पाँचजनाको मृत्यु भएको एक थाई अधिकारीले सार्वजनिक प्रसारक थाईलाई बताएका छन्।

सुरिन प्रान्तको काब चोएङका प्रमुख जिल्ला अधिकारीले कम्तीमा दुईजना घाइते भएका जानकारी दिए । ८६ गाउँका ४० हजार मानिसहरूलाई सुरक्षाको लागि आश्रयस्थलमा सारिएको छ।

विवादित सीमामा हतियारधारी कम्बोडियन सैनिकहरूसँग भीडन्त हुँदा गोली चलाएको दाबी थाई सेनाले गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ । तर कम्बोडियनहरूले भने थाईहरूले पहिले आफ्नो हतियार चलाएको बताएका छन् ।