काठमाडौं — सरकारद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधको विरोधमा हालसम्म २७ लाख ५० हजार ६७७ जनाले हस्ताक्षर गरेका छन्।
रास्वपाले देशभरका वडादेखि विदेशसम्म चलाएको समर्थन हस्ताक्षर अभियानमार्फत जनताको साथ र विश्वास देखिएको छ।रास्वपाका नेता प्रेम थापाको अनुसार, अभियान सुरु भएको एक महिनामै उक्त संख्यामा हस्ताक्षर संकलन भएको हो।
त्यस्तै, यसै अभियानमार्फत ५५ लाख १३ हजार २०७ रुपैयाँ आर्थिक सहयोग पनि संकलन भएको बताइएको छ।
रास्वपाले अहिले सभापति लामिछानेको अपिलसहित देशभर वडा तह, विदेशस्थित नेपाली समुदाय, डिजिटल माध्यम (WhatsApp, Email) हुँदै समर्थन संकलन अभियानलाई तिव्र बनाएको छ।














प्रतिक्रिया