नायिका आँचल शर्माले फिल्म ‘जेरीः अन टप’का लागि खुबै मिहिनेत गरिरहेकी छिन् । यो फिल्मका लागि गतबर्ष उनले केही फिल्म पनि छाडिन् । आँचलले नयाँ फिल्म ‘झिंगे दाउ २’ मात्र साइन गरेकी छिन् । यो बाहेक अन्य फिल्ममा काम गर्ने सोच उनको तत्काल छैन ।
आँचल अभिनित फिल्म ‘जेरीः अन टप’ भदौको ३१ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको केही दृश्य र गीतको छायांकन हुन बाँकी छ ।
रोचक कुरा के छ भने, आँचलले फिल्ममा समावेश एक गीतका लागि आफ्नो तौल गज्जबले घटाएकी छिन् । पहिले ६१ केजी रहेकी आँचल अहिले ५२ केजी छिन् । उनी ९ केजी तौल घटाएर बसेकी छिन् ।
यो गीतको छायांकन केही दिनमा गर्ने तयारी निर्माताको छ । आँचल यो गीतको छायांकन सकेपछि मात्र आफ्नो तौल केही बढाउने सोचमा छिन् । गीतमा आकर्षक देखिन आँचलले यो मिहिनेत गरेकी हुन् । गीतको छायांकन सकेसँगै आँचल अमेरिका पुग्नेछिन् ।
सुयोग गुरुङको निर्देशनमा सरोज न्यौपानेले निर्माण गरेको यो फिल्ममा अनमोल केसी, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, उषा खड्गी लगायतका कलाकारहरुको पनि अभिनय छ ।














प्रतिक्रिया