काठमाडौं । बागमती प्रदेशमा कांग्रेसका चार मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्रकृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ छन् ।
उनीहरुले मुख्यमन्त्री बहादुरसिंह लामालाई ह्वाट्सएपमा राजीनामा पत्र पठाएको बताएका छन् । राजीनामा दिएका चारैजना मन्त्रीले केही दिनअघि मात्रै कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।
बागमतीमा कांग्रेसबाट मुख्यमन्त्री बनेका लामालाई राजीनामा दिन लगाएर इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउने तयारी छ । मुख्यमन्त्री लामा हाल विदेश भ्रमणमा छन् । लामा र बानियाँबीच एक एक वर्ष मुख्यमन्त्री बन्ने आन्तरिक सहमति भएको थियो । सोहीअनुसार अहिलेको खेल हो । दुवै कांग्रेस सभापति देउवा निकट नेता हुन् ।














प्रतिक्रिया