चितवन प्रहरीले अवैधानिक रुपमा भारततर्फ निर्यात गर्न लागेको ६ सय ७१ किलो गाँजा बरामद


चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले चितवन हुँदै भारततर्फ लैजान लागेको अवस्थामा राप्ती नगरपालिका १, को लोथर पुल नजिकैबाट अवैधानिक रुपमा भारततर्फ निर्यात गर्न लागेको ६ सय ७१ किलो गाँजा बरामद गरेको जानकारी दिए ।

भारतबाट नेपाल आएको यूपी ८२ टी ३९२१ नम्बरको भारतीय ट्रकको अगाडि ड्राइभर बस्ने सिट माथि फल्स बटन बनाइ त्यसमा उस्तै प्रकृतिका ४३ वटा प्याकेट बनाइ राखेर ल्याइएको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको हो ।

गाँजासँगै प्रहरीले ट्रक र चालक भारतको पूर्वी चम्पारण जिल्लाको तुर्कालिया घर भएका ३७ वर्षीय शेख सविल अख्तरलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले चालकसँग रहेको एक थान मोबाइल पनि बरामद गरेको जनाएको छ ।