केही दिन अगाडि शुभसाइत गरिएको फिल्म ‘क्याप्टेन साब’को छायांकन सुरु गरिएको छ । ढुंखर्क, बेथानचोक काभ्रेपलाञ्चोकबाट यो फिल्मको छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ ।
यो फिल्मको शिर्ष भूमिकामा कलाकार खगेन्द्र लामिछानेले काम गर्दैछन् । उनलाई नायिका सुरक्षा पन्तले साथ दिएकी छिन् ।
कृष्णबहादुर थापाको छायांकन रहने फिल्मलाई काठमाडौंसँगै चितवन, काभ्रे र वीरगञ्जमा खिचिनेछ । दीपेन्द्र के खनालको निर्देशनमा तयार हुन लागेको यो फिल्म रामेश्वर थापाको बायोपिक हो ।
पाइलट समेत रहेका थापा व्यवसायी तथा संचार उद्यमी समेत हुन् । पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार हुने यो फिल्ममा संजोग रसाइली पनि मुख्य भूमिकामा छन् । सिर्जना नापित कार्यकारी निर्माता रहेको यो फिल्ममा दीपेन्द्रसँग्ै करण श्रेष्ठ र श्रृष्टिमा खनाल निर्माताको रुपमा छन् ।
यो फिल्मलाई फरक शैलीमा बनाउने तयारी दीपेन्द्रको छ । उनले, रामेश्वर थापाको बायोपिकमा मनोरञ्जनको पाटो पनि प्रयोग गरेर फिल्म बनाउने बताए ।














प्रतिक्रिया