भदौको ६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माग्ने राजा’को हाइप गीतले ह्वात्तै बढाइदिएको छ । केही दिन अगाडि मात्र सार्वजनिक भएको ‘म त सुतेर उठेको पैसा’ बोलको गीतले यसको क्रेज बढाएको हो ।
सार्वजनिक भएको ५ दिनमै २० लाख बढी भ्यूज पाएको यो गीतमा टिकटक बनाउनेहरुको भीड लागेको छ ।
ऋषि लामिछानेको निर्देशनमा मुनाल घिमिरे निर्माता रहेको यो फिल्ममा केदार प्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्मलाई सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् । यसअघि आफ्ना फिल्म र सिरियलबाट दर्शकलाई रुवाउँदै आएका निर्देशक लामिछानेले यसपटक दर्शक हसाँउने तयारी गरेका छन् ।
अधिकांश फिल्ममा सहायक कलाकारको रुपमा देखिएका कलाकार केदार प्रसाद घिमिरे यसपटक मुख्य भूमिकामा छन् । यसले, पनि दर्शकका लागि उनको भूमिका विशेष हुने देखिन्छ ।














प्रतिक्रिया