‘जनै हराएको मान्छे’को ‘मसुरीको दाना’ गीत कस्तो छ ?



भदौको ६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरु’को दोस्रो गीत ‘मसुरीको दाना’ आज रिलिजमा आएको छ ।

अञ्जु पन्त र एसडी योगीको स्वर रहेको गीतमा एसडी योगीको संगीत, हर्क साउदको शब्द छ ।

सार्वजनिक यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु विजय बराल, मिरुना मगर, केकी अधिकारी र गौरव पहाडीलाई फिचरिङ गरिएको छ ।

यो गीतले आफूलाई माया गर्ने मान्छेको हेराइले हुरुक्कै हुने मायालु जोडीको कथा भन्छ । भिडियोमा कोरसहरु पनि ठूलो संख्यामा प्रयोग गरिएको छ । सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको यो गीतको भिडियो र गीतको अडियोले दर्शकको मन जित्ने विश्वास गरिएको छ ।

हिमाल न्यौपानेको निर्देशनमा तयार भएको फिल्ममा सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरुको अभिनय छ ।

भानुभक्त ढकालको कथा, पटकथा र संवादमा तयार भएको यो फिल्मलाई पेपरक्लिपको व्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् । फिल्मका एसोसियट निर्देशक मनिष राउत हुन् । फिल्ममा साहिल खानको ट्रेलर, भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर, चुल्ठे काजीको एक्सन छ ।