काठमान्डौ – गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको १२औं राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। भर्चुअल प्रणालीमार्फत सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा चलचित्र निर्माता सुभाष लामिछाने विजयी भएका छन्।
लामिछानेले कुल ७,१५२ मत प्राप्त गर्दै प्रतिस्पर्धी सिद्धार्थ श्रेष्ठलाई पराजित गरे, जसले ५,१९३ मत प्राप्त गरेका थिए।
सुभाष लामिछाने ‘सायद २’ र ‘लाउरे’ जस्ता चर्चित नेपाली चलचित्रमा लगानी गरिसकेका निर्माता हुन्। जापानमा नेपाली चलचित्रको प्रदर्शन तथा प्रवर्द्धनमा उनको सक्रियता उच्च छ। साथै, उनले जापानमा थुप्रै नेपाली सांस्कृतिक तथा सामुदायिक कार्यक्रमहरू आयोजना गर्दै आएका कारण उनी जापानस्थित नेपाली समुदायमा लोकप्रिय नाम मानिन्छन्।
निर्वाचन समितिका अनुसार एनआरएन जापानको कुल मतदाता संख्या १८,३१४ रहेकोमा १२,३४५ मत (६७.४१%) खसेको जानकारी दिइएको छ।














प्रतिक्रिया