कुलमान घिसिङलाई अमेरिकामा आयोजित ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मानित


काठमाडौं l नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई अमेरिकामा सम्पन्न एक विशेष समारोहमा ‘ग्लोबल हिरो अवार्ड’ प्राप्त गरेका छन्।

ऊर्जा क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदरस्वरूप घिसिङलाई सो अवार्ड प्रदान गरिएको हो। कार्यक्रममा उनलाई विशेष सम्मानका साथ अवार्ड हस्तान्तरण गरिएको आयोजक पक्षले जनाएको छ।

अमेरिकामा रहेका नेपाली समुदायको उपस्थितिमा सम्पन्न सो समारोहमा घिसिङको कार्यक्षमता, इमान्दारिता र नेतृत्व क्षमता प्रशंसनीय रहेको बताइएको थियो।