दुई म्युजिक कम्पनीले आफूलाई मर्न वाध्य बनाएको अनिल सिंहको आरोप



एक भिडियो सार्वजनिक गर्दै गायक अनिल सिंहले दुई म्युजिक कम्पनीले आफूलाई मर्न बाध्य बनाएको आरोप लगाएका छन् ।

उनले, सधै संझौता पेपर देखाएर म्युजिक नेपाल र म्युजिक डटकमले आफूलाई आत्महत्या गर्न वाध्य बनाइरहेको आरोप लगाए ।

उनीहरुको कारण आफू उच्च डिप्रेशनमा रहेको बताउँदै अनिलले सामाजिक संजालमा भिडियो पोस्ट गरेका छन् ।

अनिलले सार्वजनिक गरेको भिडियोमा म्युजिक डट कमका प्रमुख राजेश वंशलका कारण आफू आत्महत्या गर्न वाध्य हुने र अहिले उच्च डिप्रेशनमा रहेको उल्लेख छ ।

उनले लेखेका छन्–‘म्युजिक नेपाल र म्युजिक डटकमले मलाई मर्न बाध्य पार्छ । किन मेरो करियर र संगीत जीवन बर्बाद पार्दैछ ? म उच्च डिप्रेशनमा छु । जहिले पनि एग्रिमेन्ट मात्र देखाएर हुन्छ ?’

अनिलले सार्वजनिक गरेको भिडियोमा राजेश बंशल पनि देखिएका छन् । तर, उनले उक्त भिडियोमा केही पनि बोलेका छैनन् ।
अनिलले बजारमा ल्याएका अधिकांश सुपरहिट गीतहरु यी दुई कम्पनीको माध्यमबाट आएका थिए ।