जीममा खुलेकी वर्षा



नायिका वर्षा सिवाकोटीको हातमा फिल्म नै फिल्म छ । फिल्म ‘छक्का पन्जा ५’मा काम गर्नु अगाडि वर्षाको करिअर औसतमा चलिरहेको थियो । तर, अहिले उनको करिअर एकाएक उचाइमा पुगेको छ ।

वर्षाको हातमा आधा दर्जन फिल्म छन् । उनले अभिनय गरेको फिल्म ‘माग्ने राजा’ भदौको ६ गतेबाट रिलिजमा आउँदैछ ।

यसैबीच, वर्षाले सामाजिक संजालमा जीम गर्दै गरेको तस्वीर पोष्ट गरेपछि चर्चा भइरहेको छ । वर्षा जीममा खुलेकी छिन् ।

वर्षाले आफ्नो जीवनलाई सन्तुलित रुपमा अगाडि बढाइरहेकी छिन् । फिल्मको काममा व्यस्त भएपनि फुर्सदको समयमा वर्षा जीम पुग्ने गर्छिन् ।

वर्षाले केही समय अगाडि माघ महिनामा विकिनी तस्वीर खिचेर हंगामा मच्चाएकी थिइन् । वर्षा आफ्नो काम, कहिलेकाही विवाद र कहिलेकाही खुलेका तस्वीरका कारण चर्चामा रहने गर्छिन् ।