काठमाडौं – गृह मन्त्रालयले सिन्धुपाल्चोक र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ।
गृहको विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख टोकराज पाण्डेयलाई रूपन्देहीमा सरूवा गरेको हो।
त्यहाँ बासुदेव घिमिरे कार्यरत थिए।
सिन्धुपाल्चोकमा बन्धु बास्तोलालाई पठाइएको छ, त्यहाँ किरण थापा थिए। उनले गत असार ३२ गते एक कार्यक्रममा भ्रष्टाचार आरोपमा निलम्बित कांग्रेस सांसद मोहनबहादुर बस्नेतलाई प्रमुख अतिथिको रूपमा सम्मान गरेको भन्दै आलोचना भएको थियो ।
सांसदहरूले नै भ्रष्टाचार आरोपमा निलम्बित सांसद बस्नेतलाई प्रमुख अतिथि बनाएको विषय संसदमा उठेको थियो । त्यसपछि गृहमन्त्री रमेश लेखकले सोमबार थापालाई हटाएर बास्तोलालाई पठाएका हुन् । बस्नेत टेरामक्स खरिद प्रकरणमा मुछिएका छन् । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । तर बस्नेत ३५ लाख धरौटीमा रिहा भएका छन् ।
रुपन्देहीमा कात्तिक १७ गते हुने उपनिर्वाचनलाई मध्यनजर गरी टोकराज पाण्डेयलाई सिडिओ बनाएर पठाइएको छ ।














प्रतिक्रिया