नेपाल टेलिकमको फोरजी सेवामा चल्न छाड्यो इन्टरनेट


काठमाडौं – नेपाल टेलिकमले फोरजी र भोल्ट सेवामा देखिएको समस्या समाधानको प्रयास भइरहेको जनाएको छ । सोमबार दिउँसो २ बजेदेखि टेलिकमको फोरजी र भोल्ट सेवामा इन्टरनेट अवरुद्ध भएको छ ।

टेलिकमले सूचना जारी गरी यथाशीघ्र समाधानको प्रयास भइरहेको जनाएको छ । टेलिकमले टुजी र थ्रीजी सेवामा इन्टरनेट सेवा भने नियमित सुचारु रहेको स्पष्ट पारेको छ ।

‘आज २०८२/४/१२ गते दिनको करिब २ः०० बजेदेखि नेपाल टेलिकमको फोरजी तथा भोल्ट सेवामा समस्या उत्पन्न हुन गई इन्टरनेट सेवामा अवरोध हुन गएको व्यहोरा सम्पूर्ण ग्राहकवर्गमा जानकारी गराउन चाहन्छौं । साथै कम्पनीको टुजी तथा थ्रीजी सेवा नियमित रूपमा सुचारू भइरहेको र फोरजी तथा भोल्ट सेवामा उत्पन्न समस्या यथाशीघ्र समाधानको लागि प्रयास भैरहेको व्यहोर समेत अनुरोध छ,’ टेलिकमले भनेको छ ।