फिल्म ‘ककाकिकी’ निर्माणको घोषणा भएको छ । नायिका गौरी मल्लदेखि रेखा थापासम्मलाई अनुवन्धित गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो ।
यो फिल्मलाई ‘कमेडी दरबार’को टिमले निर्माण गर्नेछ । आज फिल्मको थिम पोस्टर सार्वजनिक गरिएको छ ।
यो फिल्ममा कलाकारहरु गौरी मल्ल, तृप्ति नदकर, रेखा थापा र महेश त्रिपाठीको मुख्य भूमिका रहनेछ । पूर्ण कमेडी शैलीमा यो फिल्म निर्माण गर्न लागिएको हो ।
फिल्मको निर्देशन विक्की अग्रवाल र श्रद्धा प्रसाँइले गर्ने भएका छन् । फिल्ममा मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना, सीडी विजय अधिकारी लगायतका कलाकारहरुको विशेष भूमिका रहनेछ ।
श्रद्धा प्रसाँई र सुमित्रा थापाको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मको पटकथा विक्की अग्रवालले लेखेका हुन् । फिल्मको कथामा विक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीको लेखन छ । सुदिप बरालको छायांकन रहने फिल्मको थीम पोस्टर रोयल भिमसेनले तयार पारेका हुन् ।
फिल्मको छायांकन दशैंको टिकाको भोलिपल्टबाट सुरु हुनेछ । फिल्मका निर्देशक विक्की अग्रवालले टेलिभिजनसँगै हलहरुमा पनि दर्शकको हाँसो ल्याउनु आफ्नो उद्देश्य रहेको सुनाए ।














प्रतिक्रिया