नायिका ऋचा शर्माले अपशब्द प्रयोग गर्दैै प्रतिक्रिया दिनेहरुको नाम र फेसबुक एकाउन्ट सार्वजनिक गर्न थालेपछि अन्य केही सेलिब्रिटीहरुले पनि यो कुरालाई फलो गरे । तर, अझै पनि अपशब्द प्रयोग गर्दै प्रतिक्रिया लेख्न छोडिएको छैन ।
हालै मात्र ऋचाको एक भिडियोमा एक प्रयोगकर्ताले अपशब्द प्रयोग गरे । उक्त प्रयोगकर्तामाथि ऋचा भड्किएकी छिन् ।
उनले सामाजिक संजालमा लेखेकी छिन्–‘मेरो कामलाई लिएर जस्तो सुकै प्रतिक्रिया दिन सक्नुहुन्छ, मेरो फिल्म वहिष्कार पनि गर्न सक्नुहुन्छ । तर, मेरो व्यक्तिगत अभिव्यक्तिलाई लिएर जे मन लाग्यो त्यही गाली र अपशब्द बोल्न र लेख्न पाइन्न । यो स्विकार्य छैन । यो भिडियो डिलिट नगरे, कानुनी प्रक्रियामा जानेछु ।’
फौजी शाही नाम गरेका एक प्रयोगकर्ताले ऋचालाई अपशब्द लेख्दै उनको फिल्म बहिष्कार गर्नुपर्ने लेखेका थिए ।
नायिका सुरक्षा पन्तले दिएको राजतन्त्र विरोधी अभिव्यक्तिलाई ऋचाले साथ दिएको भन्दै राजावादीहरु भड्किएका थिए ।














प्रतिक्रिया