काठमाडौं – अमेरिकाको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले म्यासाचुसेटस इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रोफेसर मार्कुस एइकास्टालाई भेटेका छन् ।

उनले मार्कुससँग आधुनिक स्मार्ट सहरी योजनाबारे विस्तृतमा जानकारी लिएका थिए । एमआटीले कार्यान्वयन गर्दै आएको विकास नेपालको स्मार्ट सहरी विकासमा लागू गर्न सकिनेबारे छलफल भएको थियो । नेपालमा स्मार्ट सिटी प्लानिङका सम्बन्धमा प्रभावकारी काम नभएकाले सहरहरू अव्यवस्थित र जथाभावी विकास हुने गरेको छ ।

घिसिङले एमआटीले कार्यान्वयन गर्दै आएको विकास अनुशरण गरी देशकै समग्र प्लानिङ गरी स्मार्ट सिटीहरू बनाउने र त्यसका लागि भिजन र इच्छाशक्ति भएको नेतृत्व आवश्यक रहेको बताएका छन् ।
एक महिने अमेरिका र युरोप भ्रमणमा रहेका घिसिङले त्यहाँ नेपाली डायस्पोरासँग छलफल गर्नेछन् । आगामी ०८४ को चुनावअघि नै उनी नयाँ पार्टी गठन गर्ने तयारीमा छन् ।














प्रतिक्रिया