आमरण अनशन सुरु गरेलगत्तै मेयर भट्टराई भेट्न पुग्यो सरकारी टोली, वार्ता हुँदै


काठमाडौं – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तीर्थराज भट्टराईसँग माइतीघरमा सरकारी टोलीले छलफल गरेको छ ।

सहरी विकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनाली, सहरी विकास तथा भवन निर्माणका महानिर्देशक मच्चाकाजी महर्जन र उपमहानिर्देशक सुनिलकुमार ठाकुर, नगरपालिका संघको केन्द्रीय अध्यक्ष भीमप्रसाद ढुंगानाको उपस्थितिमा छलफल भएको हो । भट्टराईको तर्फबाट उपमेयरसहितको टोली वन मन्त्रालयमा गएर थप छलफल सहमति गर्ने भएको छ।

विभिन्न सात बुँदे माग राखी मेयर भट्टराईले बुधबारदेखि आमरण अनसन सुरु गरेका छन् । यसअघि उनले आइतबारदेखि सत्याग्रह थालेका थिए । उनले बाँस प्रयोग गर्न संघ सरकारले स्थानीय तहलाई अनुमति र अधिकार दिनुपर्ने प्रमुख माग राखेका छन् ।