कुलमानका समर्थकले काठमाडौंमा गठन गर्न थाले ‘उज्यालो अभियान कार्यसमिति’


काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूवकार्यकारी निर्देशक कुलमान घिसिङका समर्थकले काठमाडौंमा ‘उज्यालो अभियान कार्यसमिति’ गठन सुरु गरेका छन् । त्यसका लागि आगामी शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर १२ स्थित टेकुमा भेला बोलाइएको छ ।

प्राप्त सूचनाअनुसार काठमाडौं महानगरपालिका वडा नम्बर १२ उज्यालो अभियान कार्यसमिति गठन हुने भएकाले इच्छुक अभियन्तालाई उपस्थितिका लागि आह्वान गरिएको छ । भेला आयोजकले सम्पर्क व्यक्तिमा संगीना जोशीलाई तोकेको छ ।

हाल अमेरिका र युरोप भ्रमणमा रहेका कुलमान घिसिङले ‘उज्यालो अभियान नेपाल’ पार्टी गठन गर्ने चर्चा छ । उनका समथर्क र शुभेच्छुकहरूले यही नाममा पार्टी खोल्न सुझाव दिइरहेका छन् । विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा घिसिङले नै नेपाललाई लोडसेडिङमुक्त गराएको भन्दै उनको पार्टीको नाम ‘उज्यालो अभियान नेपाल’ होस् भन्ने धेरैको चाहना छ । सोहीअनुसार ‘उज्यालो अभियान कार्यसमिति’ गठन गर्न लागिएको हो ।