काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई सामूहिक रूपमा सभापति रवि लामिछाने भेट्न कारागार प्रशासनले रोक लगाएको छ । बुधबार दिउँसो १ देखि ४ बजेसम्म भैरहवाको होटल रमादामा रास्वपाको बैठक बस्न लागेको प्रवक्ता मनीष झाले जानकारी दिए ।
बैठकका लागि कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी, प्रवक्ता झालगायत अधिकांश सांसद मंगलबार साँझ भैरहवा पुगेका थिए ।
बैठकअघि बुधबार बिहान नेताहरूले कारागारमा रहेका रविलाई सामूहिक रूपमा भेट्ने प्रयास गरेका थिए । तर, प्रशासनले अनुमति नदिएपछि कार्यवाहक सभापति अर्याल र सांसद सोविता गौतमले छुट्टाछुट्टै रूपमा लामिछानेसँग भेट गरेका थिए । भेटमा दलको नेतृत्व, रुपन्देही ३ को उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।
रास्वपाको संसदीय दल हाल नेतृत्वविहीन अवस्थामा छ । सांसद पद निलम्बनमा परेका लामिछानेको स्थानमा कार्यवाहक नेता तोकिएको छैन














प्रतिक्रिया