काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक सुरु भएको छ । बुधबार दिउँसो १ बजेदेखि भैरहवाको होटल रमादामा बैठक बसेको हो । बैठकको अध्यक्षता विराजभक्त श्रेष्ठले गरेका छन् । बैठकका लागि कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झालगायत अधिकांश सांसद मंगलबार साँझ भैरहवा पुगेका थिए । बैठकअघि बुधबार बिहान नेताहरूले कारागारमा रहेका रविलाई सामूहिक रूपमा भेट्ने प्रयास गरेका थिए ।
तर, प्रशासनले अनुमति नदिएपछि कार्यवाहक सभापति अर्याल र सांसद सोविता गौतमले छुट्टाछुट्टै रूपमा लामिछानेसँग भेट गरेका थिए । भेटमा दलको नेतृत्व, रुपन्देही ३ को उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ । रास्वपाको संसदीय दल हाल नेतृत्वविहीन अवस्थामा छ । सांसद पद निलम्बनमा परेका लामिछानेको स्थानमा कार्यवाहक नेता तोकिएको छैन । आजको बैठकमा दलको नेताबारे छलफल हुने छैन ।
यसअघि नै रास्वपा उपसभापति वाग्लेले रवि जहाँ जस्तो अवस्थामा भए पनि दलको नेता र सभापति उनी नै हुने बताएका थिए । रवि सहकारी ठगी र संगठित अपराध कसुरमा हाल भैरहवा कारागारमा छन् । उनलाई काठमाडौंका डिल्लीबजार कारागारमा स्थानान्तरण गर्ने प्रयास भइरहेको छ ।














प्रतिक्रिया