काठमाडौं । केही दिनअघि प्रतिनिधिसभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले कुर्सीमै निदाएका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई नमस्कार गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । प्रधानमन्त्री ओली आउँदा पनि मन्त्री सुब्बा भने मस्त निदाइरहेका थिए । प्रधानमन्त्री ओलीले हात जोडेर नमस्कार मन्त्रीज्यू भन्दा पनि उनी नब्युँझेपछि सांसदहरू गलल हाँसेका थिए ।
यस्तै दृश्य बुधबार पनि दोहोरिएको छ । आज त एकजना होइन, तीन–तीनजना मन्त्री कुर्सीमा निदाएका छन् । राष्ट्रियसभा बैठकमा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन २०८१ माथि छलफल चलिरहँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र रक्षामन्त्री मानवीर राई निदाएका हुन् ।
तीनैजना मन्त्री प्रधानमन्त्री ओलीसँगै एउटै रोको कुर्सीमा छन् । प्रधानमन्त्री भने अगाडिपट्टि हेरिरहेका छन् । तर मन्त्रीहरू मस्त निद्रामा छन् । यसअघि पनि अर्थमन्त्री पौडेल संसद् बैठकमा कुर्सीमा निदाइरहेको तस्बिर सामाजिक सञ्जाल र मिडियामा आउने गरेको थियो । संसद् बैठकमा धेरै निदाउनेमा अर्थमन्त्री अग्रपंक्तिमा पर्छन् ।














प्रतिक्रिया